सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर २१७ रुपैयाँमा विक्री खुला

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको १ लाख ६ हजार ९०० कित्ता संस्थापक शेयर असार ६ देखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. २१७ अंकित मूल्यमा उक्त शेयर विक्रीमा ल्याएको हो । असार १३ गतेसम्म विक्रीमा रहने यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति वा संस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी शेयर विक्री खुला गरिएको हो । शेयर खरीदका लागि आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी आवेदन पेश गर्न सकिनेछ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

दुई लघुवित्तको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेका छन् । सूर्योदय वोमी लघुवित्तले ६० हजार ६१७ कित्ता र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ८७ हजार १४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । दुबै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । दुबै कम्पनीको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा र सूर्योदय आशा लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा दुबै कम्पनीको शेयर विक्रीमा आउनेछ ।

सूर्योदय वोमी लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । यो शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय ललितपुरा वा शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा पेस गर्नुपर्नेछ । कम्पनीले दीपक शर्माको नाममा रहेको शेयर विक्रीमा ल्याएको हो ।