१६ सांसदको पद खारेजी र नेकपा (एकीकृत समाजवादी)को दर्ता खारेजीको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।
एमालेले संघीय संसदका १४ जना र लुम्बिनी प्रदेश सभाका दुई जना सांसदको पद खारेजीको माग गरेको छ ।
एमालेले कारवाही गरेको १४ जना सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेकोले एमालेले परमादेश प्रतिषेधको आदेश माग गरेको छ ।
निर्वाचन आयोग, प्रधानमन्त्री तथ...