‘एन्टी डम्पिङ शुल्क’ ले नेपाली जुट उद्योग समस्यामा
पाँच वर्षअघि भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग धराशायी बन्दै गएका छन् । यही शुल्ककै कारण नेपाली जुटका तयारी वस्तुले भारत र बंगलादेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा निकासी प्रभावित भएको उद्योगीहरूको गुनासो छ ।
सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योग कलकारखानाले अविरल वर्षाको कारण डुबानमा पर्दा अधिक क्षति व्यहोर्नु परेहको छ । यस क्रममा सोनापुरमा रहेको नेपालकै सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको अरिहन्त मल्टी फाइवर्स लिमिटेडको गोदाम घर डुबानमा पर्दा करिब एक करोड ७५ लाख मूल्य बराबरको क्षति भएको छ ।
विराटनगर । प्रदेश १ मा निरन्तर जुट उत्पादन घट्दा वार्षिक दुई अर्ब रुपैयाँ विदेशिने गरेको छ । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुले खपतको ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट खरिद गर्ने गरेका छन् । कच्चा जुट खरिद गर्दा वार्षिक दुई अर्ब रुपैयाँ भारत र बंगलादेश जाने गरेको जुट उद्योग संघले जनाएको छ । पूर्वी तराईमा […]
भारतको विभेदपूर्ण कर नीतिले नेपाली जुट उद्योग पाँच वर्षदेखि मारमा पर्दै आएका छन् । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा पाँच वर्षदेखि चार प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी (एडीडी) लगाउँदै आएको छ । तर बंगलादेशबाट निकासी हुने जुटका वस्तुमा उक्त कर छैन ।
दुई दशकअघिसम्म मोरङ र सुनसरीमा जुटखेती गर्ने किसानहरूको चाप थियो । जुटखेतीबाटै जीविकोपार्जन गर्ने किसानहरू सयौं थिए । किसानले उत्पादन गरेको कच्चा जुट खेतीमै पुगेर उद्योगीले खरिद गर्थे । नगदेबालीका रुपमा रहेको जुटखेती गरेरै किसानले आर्थिकस्तर माथि उकासेका थिए । तर, अहिले आधाभन्दा बढी जुट उद्योग बन्द भइसकेका छन् । यसको प्रमुख कारण भनेको भारतीय […]
पथरी, मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् ।