सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योग कलकारखानाले अविरल वर्षाको कारण डुबानमा पर्दा अधिक क्षति व्यहोर्नु परेहको छ । यस क्रममा सोनापुरमा रहेको नेपालकै सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको अरिहन्त मल्टी फाइवर्स लिमिटेडको गोदाम घर डुबानमा पर्दा करिब एक करोड ७५ लाख मूल्य बराबरको क्षति भएको छ ।
भारतको विभेदपूर्ण कर नीतिले नेपाली जुट उद्योग पाँच वर्षदेखि मारमा पर्दै आएका छन् । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा पाँच वर्षदेखि चार प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी (एडीडी) लगाउँदै आएको छ । तर बंगलादेशबाट निकासी हुने जुटका वस्तुमा उक्त कर छैन ।
दुई दशकअघिसम्म मोरङ र सुनसरीमा जुटखेती गर्ने किसानहरूको चाप थियो । जुटखेतीबाटै जीविकोपार्जन गर्ने किसानहरू सयौं थिए । किसानले उत्पादन गरेको कच्चा जुट खेतीमै पुगेर उद्योगीले खरिद गर्थे । नगदेबालीका रुपमा रहेको जुटखेती गरेरै किसानले आर्थिकस्तर माथि उकासेका थिए । तर, अहिले आधाभन्दा बढी जुट उद्योग बन्द भइसकेका छन् । यसको प्रमुख कारण भनेको भारतीय […]
पाँच वर्षअघि भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग धराशायी बन्दै गएका छन् । यही शुल्ककै कारण नेपाली जुटका तयारी वस्तुले भारत र बंगलादेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा निकासी प्रभावित भएको उद्योगीहरूको गुनासो छ ।
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन् ।परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, ई. विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल चुनिएका छन् ।त्यसैगरी वस्तुगत […]
पथरी, मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् ।