आफ्नो देशकी बालिकालाई भारतीय सीमा बलले गोली हानेको भन्दै बङ्गलादेशको आपत्ति

काठमाडौं । भारतीय सीमा बलले हानेको गोली लागेर आफ्नो देशकी बालिकाको हत्या भएको बङ्गलादेशले आरोप लगाएको छ । बङ्गलादेशले १३ वर्षीया स्वर्ण दाश नामकी बालिकालाई सीमा पार गरेकोमा गोली हानिएको आरोप लगाएको छ । भारतीय मिडियाले भने गोली लागेको अवस्थामा बङ्गलादेशी हिन्दू बालिकाको शव सोमबार बिहान भेटिएको लेखेका छन् । बङ्गलादेशको विदेश मन्त्रालयले बालिका हत्याबारेमा […]

सम्बन्धित सामग्री

नेकपा एसको चेतावनीः गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ।

कसैले मलाई गोली हान्नसक्छ, आपत्ति छैनः केपी ओली

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देशका लागि राम्रो काम गर्दै गर्दा कसैले गोली हानेपनि आपत्ति नरहेको बताएका छन् । आज (बिहिबार) पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सरकारमा रहँदा कानुनको पाना पल्टाएर मात्रै निर्णय गरेको बताए । अहिलेको सरकारले एमालेलाई विभिन्न […]

ताइवानलाई हतियार बेच्ने अमेरिकाको घोषणा, चीनको आपत्ति

संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ। डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ। मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ । हार्पुनहरू बोइङले तटीय-जल क्षमताका साथ उत्पादन गरेको एन्टी-शिप होमिङ मिसाइलहरू हुन्। यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो। साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ। टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो। वाशिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो। ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ । सो ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो। ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आज दिउँसो १२:३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ ।' यस्तै मङ्गलबार पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा 'प्रतिबन्धित' वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको पाइएको छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले देशको ढुकुटीमा लुटपाट मच्चाएको आरोप लगाएका छन्। सरकारले संसदबाट नागरिकता विधेयक फिर्ता लिएकोप्रति एमालेले आपत्ति जनाएको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन थालिने भएको छ। न्यायपरिषद्को बैठकले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको छ। नेप्से परिसूचक ३४.७० अंकले घटेको छ। गोली प्रहारबाट घाइते जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ।

सरकारले न्याय दिँदैन, जनतामाथि गोली चलाउँछ : सांसद घनश्याम खतिवडा

काठमाडाैँ- प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका-९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनाप्रति आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सत्तारूढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्रधानाध्यापक कुटिनु दुःखद भएको बताए। ‘जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं.९ जनता माविका प्रअ इश्वर खनाललाई त्यही वडाका निर्वाचित […]

अल जजिरा टिभीकी पत्रकार शिरिनको इजरायली फौजद्वारा गोली हानी हत्या

अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ । वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा रहनुभएकी पत्रकार शिरिनलाई इजरायली फौजले गोली हानी हत्या गरेको हो ।  प्रेसको पहिचान खुल्ने ज्याकेट लगाएर रिपोर्टिङ गरिरहेको अवस्थामा पत्रकार शिरिनमाथि गोली प्रहार भएको अल जजिराले जनाएको छ । इजरायली सेनाकाे आक्रमणबाट अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते हुनुभएको छ ।  अल जजिराले विज्ञप्ति निकालेर हत्याको घटनाप्रति आपत्ति ...

दिदीले मोडलिङ गरेको चित्त बुझेको थिएन, गाेली हानी हत्या

पाकिस्तानको पञ्जाब प्रान्तको ओकरामा एक युवा फेसन मोडल सिदरा खालिदको हत्या उनका भाइ हमजा खालिदले गरेका छन् । हमजामाथि अनर किलिङको नाममा सिदरालाई गोली हानेको आरोप छ ।ओकराको रेनाला सिटीको एसएचओ इन्स्पेक्टर जावेद खानले भने, ‘सिदरा खालिदलाई मोडलिङमा असाध्यै रुची थियो । उनी ओकरास्थित आफ्नो घर आएकी थिइन् । इदपछि उनी काममा फर्किने तयारीमा थिइन्, यो विषयमा परिवारका सदस्यले आपत्ति जताएका थिए ।’सिदराको हत्याको कारणबारे इन्सपेक्टर जावेदले भने, ‘उनीमाथि परिवारको तर्फबाट मोडलिङ छोड्नका

लोसपा असन्तुष्ट पक्षधरका नेताहरूले गरे जनमत पार्टीको आन्दोलनलाई समर्थन

प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेताहरूले धनुषाको गोदारमा भएको घटनामा जनमत पार्टी प्रति सहानुभूति प्रकट गर्दै प्रहरीले निहत्था माथि गोली प्रहार गरी दमन गरेको प्रति निन्दा गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै जनमत पार्टीले ट्रकमा आगजनी गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटपिट गरेको प्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट पक्षधर नेताहरूले आपत्ति जनाएका हुन् ।बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्

कञ्चनपुरमा गोली प्रहार गर्नेविरुद्ध कारबाही गर्न राष्ट्रिय जनमोर्चाको माग

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा भारतीय पक्षबाट गोली प्रहार गरी नेपाली किशोरलाई घाइते बनाएकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति प्रकट गरेको छ । राजमो कञ्चनपुरले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी घटनाबारे अनुसन्धान गर्न र दोषीहरुमाथि कारबाही गर्न माग गरेको छ । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले प्रेसित गर्नुभएको विज्ञप्तिमा भारतीय साम्राज्यवादले नेपाली भूमीमा आएर बारम्बार दादागिरी गर्ने गरेपनि सरकार मुकदर्शक बन्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । कञ्चनपुरको महाकाली नगरपालिका–१ का १६ वर्षीय नरेश सुनारमाथि सोमबार साँझ ६ बजे भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्किंदै गर्दा नेपाल–भारत सीमा क्षेत्रमा गोली प्रहार भएको थियो । खुट्टामा गोली लागेका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ । यो पनि : भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा १६ वर्षीय किशोर घाइते अध्यक्ष कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनपुरको महाकाली नगरपालिका वडा नं १ का नरेश सुनारमाथि २०७७ पुस २० गते साँझ भारतीय पक्षले गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ । सिमावर्ती भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्कँदै गर्दा सीमा क्षेत्रमा आइपुगेपछि भारतीय सुरक्षाकर्मीले उनलाई डण्डाले हानेर घाइते बनाएका र उठेर भाग्न खोज्दा गोली प्रहार गरेको बुझिएको छ । एक जना निहत्था व्यक्तिमाथि भारतीय पक्षले गरेको उक्त ज्यादतीप्रति हाम्रो पार्टी आपत्ति प्रकट गर्दछ । भारतीय साम्राज्यवादले नेपालको सीमा क्षेत्रमा प्रवेश गरी बारम्बार सिमास्तम्भ सार्ने, नेपालीलाई धम्क्याएर सिमा अतिक्रमण गर्ने, नेपाली नागरिकहरुमाथि कुटपिट गर्ने लगायतका दादागिरी गरिरहेको छ । तर, नेपाल सरकार राष्ट्रियतासँग जोडिएका यस्ता संवेदनशील विषयमा समेत मुकदर्शन बन्ने गरेको छ । दोधारा चाँदनीमा सोमबार भएको ज्यादती पनि भारतीय साम्राज्यवादले नेपालीहरुमाथि गर्दै आएको दादागिरी प्रवृतिको निरन्तरता हो । हाम्रो पार्टी उक्त घटनाको छानबिन गरी दोषीलाई कडा कारबाहीका लागि पहल गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ रामबहादुर कार्की अध्यक्ष राष्ट्रिय जनमोर्चा, कञ्चनपुर