काठमाण्डाै - घरेलु टोली श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ ।
कोलम्बोमा गएराति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै, मार्नुस लावुसेनले ३१ र क्यामरुन ग्रीनले अविजित २५ रन बनाए । श्रीलङ्काका दिनुथ वेलालेजले ३ तथा महिस थिक्सनाले २ विकेट लि...