अहिले काठमाडौंका सडकमा फोहोर यत्रतत्र देखिन्छ । मनसुन प्रवेश गरेसँगै फालिएको फोहोर पनि पानीसँगै बग्नेर भिजेको देखिन्छ । केही दिन यता झाडापखालाका बिरामीको सङ्ख्या पनि बढ्दो छ । योसँगै अव्यवस्थित फोहोरबाट अरू स्वास्थ्यमा समस्या देखिने वा सङ्क्रमण फैलन र महामारीको रूप लिन सक्ने जोखिम उच्च भएकाले सतर्कता अति आवश्यक देखिन्छ । सतर्कता अपनाउन सके रोग लाग्न वा फैलिनबाट रोक्न सकिनेछ । फोहोरबाट प्रकोपका रूपमा फैलिन सक्ने रोगहरूमा पानीजन्य सङ्क्रामक रोग प्रमुख मानिन्छ । बर्सेनि गर्मी तथा मनसुन सिजनमा