नवलपरासी (पश्चिम)मा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका–१ स्थित सडकमा बसको ठक्करबाट सोही नगरपालिका–६ का ४१ वर्षीय चित्रबहादुर गुरुङको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।