काठमाडौँ : राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रियसभामा हुनुपर्ने बताएका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा उनले पुनजस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए। सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीनवटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए। उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई