३६ किसानलाई कृषि उपकरण वितरण

चन्द्रौटा : कृषि उत्पादन बढाउन कपिलवस्तुको शिवराज नगरपालिकाले किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। नगरभित्र रहेका ३६ जना व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो।बिहीबार कृषि विकास शाखाले ब्रासकटर ४ थान, मिनी टिलर २६ थान र पावर टिलर ६ थान वितरण गरेको हो।आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई खेतीपाती गर्न सहज हुने र उत्पादन पनि बढ्ने भएकाले सामग्री वितरण गरिएको नगरप्रमुख अजय थापाले बताए। थापाले किसानले उत्पादन बढाएमा नगर आत्मनिर्भर हुन सक्ने भएकाले कृषिलाई प्राथमिकता दिएको

सम्बन्धित सामग्री

कृष्णपुरका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

कञ्चनपुरको कृष्णपुरका किसानलाई कृषि उपकरण सहयोग गरिएको छ। कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरेको हो। स्थानीय किसानलाई व्यवसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि समाग्री...

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

त्रिवेणी, ३१ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। […]

किसानलाई कृषि उपकरण प्रदान

काठमाडौँ, १९ चैत । बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो । बुटवल उपमहानगरपालिका–१४ […]

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

कास्की । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ । चालू आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले हाते ट्र्याक्टर २६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर १०८ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेशिन ६ थान र ड्याङ बनाउने मेशिन २९ थान अनुदानमा उपलब्ध गराएको छ । कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यन्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो । ‘किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ,’ महानगर प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौं । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।’ कृषिमा यन्त्रीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्नेमा आचार्यले जोड दिए । ‘कृषिमा यन्त्रीकरण गर्न सके लागत घट्छ, मुनाफा बढ्छ,’ उनले भने । रासस

किसान समूहलाई कृषि उपकरण

काठमाडौँ,१९ माघ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्र्याक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो […]

१ सय २८ कृषकलाई कृषि उपकरण

कपिलवस्तु । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले बुद्धभूमि नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजिक एक कार्यक्रमबीच एक सय २८ जना कृषकलाई विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरण गरिएको हो । लागत सहभागितामा उनीहरूलाई नगरपालिकाको कृषि शाखामार्फत मिनी टिलर, पम्पसेट, इलेक्ट्रिक मोटर उपलब्ध गराइएको हो । नगरपालिकाले ५० […] The post १ सय २८ कृषकलाई कृषि उपकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक सय २८ कृषकलाई कृषि उपकरण

ब्यवसायिक कृषि खेतीलाई प्रवर्द्धन गर्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले १ सय २८ कृषकलाई कृषि उपकरण उपलब्ध गराएको छ।...

कृषि उपकरण वितरण

दमौली । गण्डकी प्रदेश सरकारले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गराएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लीलाचोक र भाटडाँडाका कृषकलाई प्रदेश सरकारले कृषि उपकरण वितरण गरेको हो । प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लागत रहनेगरी हाते ट्याक्टर उपलब्ध गराइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार ४ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । हाते ट्र्याक्टर पाउनेमा टेकनारायण कोइराला, कुमार परियार, कृष्णबहादुर गुरुङ र गुनबहादुर गुरुङ रहेका छन् । त्यस्तै, भकारो सुधार कार्यक्रममार्फत राजु नेपाली, चेतबहदुर नेपाली, प्रकाश परियार, रिना भुजेल, कृष्णप्रसाद कोइराला, चन्द्रबहादुर हमाललाई पनि कृषि उपकरण सहयोग गरिएको वडा कार्यालयले जानकारी दिएको छ । वडा कार्यालयका अनुसार प्लाष्टिक टनेल निर्माणका लागि नवराज गौतम, नुमबहदुर गुरुङ, शान्तमाया थापा, बालकुमारी श्रेष्ठ, तिलबहादुर श्रेष्ठलाई पनि उपकरण सहयोग गरिएको छ ।      निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमुना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले २०७५ चैतदेखि प्रदेशभर सहयोग गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको घोषणा गरेको थियो । घोषणाअनुसार तनहुँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनी लगायतका गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमुना गाउँ कार्यक्रम लागू गरिएको छ । रासस

रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण

चितवन । चितवनको रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानलाई ट्रयाक्टरलगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका– १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र वडा नम्बर १२ को सुसब एकीकृत कृषि फार्मलाई ट्रयाक्टरसहित कल्टिभेटर, रोडाभेटर, हाइरो, बिउ राख्ने एवं मल छर्ने मेसिन, थ्रेसर, टेलर र चापाकटर मेसिन वितरण गरिएको छ । ट्रयाक्टर र अन्य उपकरण  ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात्  १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए । पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा चापाकटर मेसिन, वडा नम्बर ११ का किसान ईश्वरी चौलागाईं र वडा नम्बर  ३ का किसान दर्शन महतोलाई एक–एक वटा चापाकटर मेसिन प्रदान गरिएको छ  । यसैगरी सहयोगी कृषक समूह वडा नम्बर   ११ लाई मकै छोड्याउने तीन वटा मेसिन, उत्पीडित कृषि सहकारी संस्था, युवराज शर्मा र नवपशु तथा कृषि फार्मलाई मकै छोड्याउने एक–एक वटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए ।

रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

असार २५, चितवन । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ ।  कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर, रोडाभेटर, हाइरो, बीउ राख्ने र मल छर्ने मेसिन, थ्रेसर, टेलर र च्यापकटर मेसिन वितरण गरिएको छ ।  ट्याक्टर र अन्य उपकरणसहित ३० लाखमा खरीद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिए ।  पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ ओटा च्यापकटर मेसिन, रत्ननगरनगरपालिका वडा नम्बर ११ का किसान इश्वरी चौलागाई र रत्ननगरनगरपालिका वडा नम्बर ३ का किसान दर्शन महतोलाई एक/एक ओटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको हो । यसैगरी सहयोगी कृषक समूह रत्ननगर नगरपालिका वडा नम्बर  ११ लाई मकै छोड्याउने ३ ओटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११, किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोडायाउने एक/एक ओटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए । सहयोगी कृषक समूह र किसाज युवराज शर्मालाई एक एक ओटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।  रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सहकारी तथा कृषि  समूहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै मेयर वनले किसानलाई व्यवसायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले खासै चासो नदिएको बताए ।  वनले सहकारी र कृषि  समूहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता लिनसक्ने बताए । ‘अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ उनले भने ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता लिनेछ ।’ मेयर वनले भने ।