किसानलाई अनुदानमा कृषि उपकरण वितरण

कास्की । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ । चालू आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले हाते ट्र्याक्टर २६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर १०८ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेशिन ६ थान र ड्याङ बनाउने मेशिन २९ थान अनुदानमा उपलब्ध गराएको छ । कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यन्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो । ‘किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ,’ महानगर प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौं । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।’ कृषिमा यन्त्रीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्नेमा आचार्यले जोड दिए । ‘कृषिमा यन्त्रीकरण गर्न सके लागत घट्छ, मुनाफा बढ्छ,’ उनले भने । रासस

सम्बन्धित सामग्री

रैथाने बाली प्रवर्द्धन गर्न किसानलाई कृषि उपकरण वितरण

अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवर्द्धन गरी किसानहरूको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो ।

कृष्णपुरका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

कञ्चनपुरको कृष्णपुरका किसानलाई कृषि उपकरण सहयोग गरिएको छ। कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरेको हो। स्थानीय किसानलाई व्यवसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि समाग्री...

किसानलाई अनुदानमा कृषि उपकरण

बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ। कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।

किसानलाई अनुदानमा कृषि उपकरण

बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ। कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।

व्यावसायिक किसानलाई अनुदानमा उपकरण

स्याङ्जा । कृषि र पशुपंक्षीको व्यावसाय गर्दै आएका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको छ । व्यावसायमा किसानलाई सहजता र उर्जा मिलोस भन्ने उदेश्यले कृषि उपकरणहरु अनुदानमा वितरण गरिएको हो । स्याङ्जाको वालिङ स्थित अकला नमुना साना किसान सहकारीले आफ्ना शेयर सदस्यहरुलाई व्यावसायीकतामा मद्धत पुराउन ५० प्रतिशतमा कृषि उपकरण प्रदान गरको छ । सहकारीले […] The post व्यावसायिक किसानलाई अनुदानमा उपकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

त्रिवेणी, ३१ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। […]

कृषि उपकरण वितरण

दमौली । गण्डकी प्रदेश सरकारले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गराएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लीलाचोक र भाटडाँडाका कृषकलाई प्रदेश सरकारले कृषि उपकरण वितरण गरेको हो । प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लागत रहनेगरी हाते ट्याक्टर उपलब्ध गराइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार ४ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । हाते ट्र्याक्टर पाउनेमा टेकनारायण कोइराला, कुमार परियार, कृष्णबहादुर गुरुङ र गुनबहादुर गुरुङ रहेका छन् । त्यस्तै, भकारो सुधार कार्यक्रममार्फत राजु नेपाली, चेतबहदुर नेपाली, प्रकाश परियार, रिना भुजेल, कृष्णप्रसाद कोइराला, चन्द्रबहादुर हमाललाई पनि कृषि उपकरण सहयोग गरिएको वडा कार्यालयले जानकारी दिएको छ । वडा कार्यालयका अनुसार प्लाष्टिक टनेल निर्माणका लागि नवराज गौतम, नुमबहदुर गुरुङ, शान्तमाया थापा, बालकुमारी श्रेष्ठ, तिलबहादुर श्रेष्ठलाई पनि उपकरण सहयोग गरिएको छ ।      निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमुना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले २०७५ चैतदेखि प्रदेशभर सहयोग गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको घोषणा गरेको थियो । घोषणाअनुसार तनहुँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनी लगायतका गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमुना गाउँ कार्यक्रम लागू गरिएको छ । रासस

किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

धादिङ । धादिङको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्र्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले बताएको छ । कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको बताएको छ । गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ब् गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्,’ उनले भने, ‘खेतीलाई सरल र सहज बनाउन किसानलाई हाते ट्र्याक्टर वितरण  गरेका हौं ।’ कृषिमा यान्त्रिकीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ७७ लाख १३ हजार बजेटबाट किसानको मागका आधारमा वडामा कृषि उपकरण वितरण भइरहेको गाउँपालिका कृषि शाखाले बताएको छ । कृषि उत्पादन बढाउन र लागत घटाउन गतवर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् । रासस

रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण

चितवन । चितवनको रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानलाई ट्रयाक्टरलगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका– १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र वडा नम्बर १२ को सुसब एकीकृत कृषि फार्मलाई ट्रयाक्टरसहित कल्टिभेटर, रोडाभेटर, हाइरो, बिउ राख्ने एवं मल छर्ने मेसिन, थ्रेसर, टेलर र चापाकटर मेसिन वितरण गरिएको छ । ट्रयाक्टर र अन्य उपकरण  ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात्  १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए । पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा चापाकटर मेसिन, वडा नम्बर ११ का किसान ईश्वरी चौलागाईं र वडा नम्बर  ३ का किसान दर्शन महतोलाई एक–एक वटा चापाकटर मेसिन प्रदान गरिएको छ  । यसैगरी सहयोगी कृषक समूह वडा नम्बर   ११ लाई मकै छोड्याउने तीन वटा मेसिन, उत्पीडित कृषि सहकारी संस्था, युवराज शर्मा र नवपशु तथा कृषि फार्मलाई मकै छोड्याउने एक–एक वटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए ।

रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

असार २५, चितवन । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ ।  कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर, रोडाभेटर, हाइरो, बीउ राख्ने र मल छर्ने मेसिन, थ्रेसर, टेलर र च्यापकटर मेसिन वितरण गरिएको छ ।  ट्याक्टर र अन्य उपकरणसहित ३० लाखमा खरीद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिए ।  पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ ओटा च्यापकटर मेसिन, रत्ननगरनगरपालिका वडा नम्बर ११ का किसान इश्वरी चौलागाई र रत्ननगरनगरपालिका वडा नम्बर ३ का किसान दर्शन महतोलाई एक/एक ओटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको हो । यसैगरी सहयोगी कृषक समूह रत्ननगर नगरपालिका वडा नम्बर  ११ लाई मकै छोड्याउने ३ ओटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११, किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोडायाउने एक/एक ओटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए । सहयोगी कृषक समूह र किसाज युवराज शर्मालाई एक एक ओटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।  रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सहकारी तथा कृषि  समूहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै मेयर वनले किसानलाई व्यवसायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले खासै चासो नदिएको बताए ।  वनले सहकारी र कृषि  समूहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता लिनसक्ने बताए । ‘अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ उनले भने ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता लिनेछ ।’ मेयर वनले भने ।