एक सय २८ कृषकलाई कृषि उपकरण

ब्यवसायिक कृषि खेतीलाई प्रवर्द्धन गर्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले १ सय २८ कृषकलाई कृषि उपकरण उपलब्ध गराएको छ।...

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गर्ने

गण्डकी । व्यावसायिक कृषिमा लागेका किसानलाई पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार र उपकरण प्रदान गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरू भएको ‘प्रथम प्रदेशस्तरीय कृषि यान्त्रिकीकरण प्रदर्शनी’का अवसरमा महानगरले सो अनुदान वितरण गरेको हो । चालु आवमा अनुदानका लागि छनौट भएका कृषि समूह, सहकारी तथा फार्मले प्रदर्शनी कक्षबाटै आफूलाई आवश्यक परेका कृषि उपकरण तथा प्रविधि खरिद गर्ने प्रबन्ध मिलाइएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। “देशविदेशका कम्पनीले आफ्नो उत्पादनलाई प्रदर्शनीमा राखेका छन्, महानगरभित्रका किसानले रोजीरोजी अनुदानको कृषियन्त्र किन्न सक्नुहुन्छ”,उनले भने “बिल भरपाईका आधारमा ५० प्रतिशत रकम किसानलाई उपलब्ध गराउँछौँ ।” महाशाखा प्रमुख कडरियाका अनुसार किसानलाई एक सय १६ मिनिटिलर हलो, तीन सय ८५ टनेल प्लास्टिक, मल्चिङ प्रविधि ९१, थोपा सिँचाइ ३६, स्प्रेयर एक सय २२, असिना छेक्ने जाली ८५ र ५८ मौरीघार अनुदानमा उपलब्ध गराइएको हो । महानगरले वडा तहमा कृषि सञ्जालमार्फत प्रदान गरिने कृषि औजार तथा उपकरण पनि सञ्जालले चाहेको खण्डमा प्रदर्शनीस्थलबाटै वितरण गर्ने योजना बनाएको छ । व्यावसायिक कृषि पकेटको छुट्टै कार्यक्रममार्फत एक सय नौ कृषि समूह, सहकारी र फार्म अनुदानका लागि छानिएको महानगरले जनाएको छ । महाशाखा प्रमुख कडरियाले महानगरले बर्सेनि कृषिको यान्त्रिकीकरणका लागि रु ८० लाखभन्दा बढी अनुदान रकम खर्च गर्ने गरेको बताए । पछिल्लो एक दशकयता किसानले कृषि उत्पादनदेखि प्रशोधनका काममा नयाँनयाँ कृषियन्त्र र उपकरणको प्रयोग बढाउँदै गएको उनको भनाइ छ । महानगरले अनुदानमा कृषि उपकरण वितरण गर्न थालेपछि व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै गएको पोखरा–५ को दिदीबहिनी कृषक समूहका सन्तोषी नेपालीले बताए । उनले उत्पादनसँगै कृषिको बजारीकरणमा पनि महानगरलगायत राज्यका निकायले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । व्यावसायिक कृषि विकासका लागि कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा कृषि क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले किसानको उत्थान नहुने महाशाखा प्रमुख कडरियाले बताए । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रिकीकरणलाई अवलम्बन गर्नु आवश्यक छ, नयाँनयाँ उपकरण र प्रविधिलाई किसानको पहुँचमा पुर्‍याउनुपर्छ”, उनले भने ।

घिरिङका किसानलाई पुरस्कारै पुरस्कार

काठमाडौं, कात्तिक १३ । एक हजार किलो अदुवा उत्पादन गरे पाँच हजार पुरस्कार । चार सय किलो बेसार र लसन, प्याज उत्पादन गरे पाँच हजार पुरस्कार । कृषि उपकरण तथा उन्नत बीउबिजन, फलफूलका बिरुवामा ५० देखि ८५ प्रतिशतसम्म सहुलियत । तनहुँको घिरिङ गाउँपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम ल्याएको छ । किसानलाई व्यावसायिक कृषिमा […]

धौवादीको फलामले आयात २५% घटाउने

काठमाडौं । नेपालमा धेरै आयात हुने वस्तुको दोस्रो स्थानमा फलाम र यससँग सम्बन्धित सामग्री छ । आयातको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । धौवादी फलाम खानी सञ्चालनमा आए फलाम र फलामजन्य वस्तुको आयात घटाउन सकिन्छ । निजीक्षेत्रलाई समेत साझेदार बनाउने योजनासहित स्थापना गरिएको धौवादी फलाम कम्पनी लिमिटेड अहिले सरकारी स्वामित्वमा छ । फलाम र फलामजन्य वस्तु आयातको आँकडा र बजारको अवस्था विश्लेषण गर्दा उक्त खानी सञ्चालनमा आएपछि आयात २५ प्रतिशतले घटाउन सकिने अनुमान गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. जनकबहादुर चन्दले आयात न्यूनीकरण र स्वदेशमै रहेको कच्चा पदार्थ उपयोगले व्यापारघाटा कम गर्ने बताए । ‘कम्पनीले फलाम तथा फलामजन्य वस्तु आयातको विश्लेषण गरेको छ,’ सीईओ चन्दले भने, ‘खानी सञ्चालनमा आएपछि यसको आयात २५ प्रतिशतले घटाउन सकिने प्रक्षेपण छ ।’ अहिलेसम्मको तथ्यांक र खानीको रिजर्भ विश्लेषण गर्दा दैनिक १६ सय टन फलाम निकाल्दा उक्त अनुपातमा आयात घटाउन सक्ने देखिएको उनको भनाइ छ । कम्पनीको अध्ययनले उक्त खानीमा १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको छ । यसमध्ये खानी सञ्चालनमा आएर दैनिक १६ सय टन फलाम निकाल्दा २५ प्रतिशतले आयात कम गर्न सकिने उनको भनाइ छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा नेपालले ७८ अर्ब १२ करोड ३६ लाख रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसपालिको आयात कम हो । केन्द्रका अनुसार गत आवको यो अवधिसम्म नेपालले ९६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात गरेको थियो । आयातित फलामबाट निर्माण सामग्री, कृषि उपकरण, ग्रिल, मेशिनरीलगायत तयार हुन्छ । धौवादीको खानीबाट उत्पादन हुने फलामबाट पनि बिलेट (स्टीलको कच्चा पदार्थ)देखि निर्माण सामग्रीसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । अहिले कम्पनीले खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ । यसको प्रतिवेदन चैत मसान्तभित्रमा तयार हुने सीईओ चन्दले जानकारी दिए । अध्ययनले व्यावसायिक रूपमा खानीबाट कति फलाम उत्खनन, उत्पादन गर्न सकिन्छ, प्लान्ट कस्तो हुने र कहाँ राखिनेलगायत कुरा स्पष्ट पार्नेछ । अहिलेको सम्भाव्यता अध्ययन नेपाली कम्पनीसहित दुईओटा भारतीय कम्पनीको ज्वाइन्ट भेन्चर (जेभी)बाट भइरहेको छ । सम्भाव्यता अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । सरकारले प्रत्येक वार्षिक बजेटमा सोही आर्थिक वर्षमा धौवादीबाट फलामको व्यावसायिक उत्पादन हुने घोेषणा गर्दै आएको छ । कम्पनीका निर्देशक शैलेश थापा भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । ‘अहिले सम्भाव्यता अध्ययन गरिँदै छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन ८ महीनाजति लाग्छ,’ थापाले भने, ‘यसपछि प्लान्ट निर्माण गर्न २ वर्ष लाग्छ । व्यावसायिक उत्पादनका लागि कम्तीमा ३ वर्ष लाग्ने अनुमान छ ।’ अहिले यो खानीसम्म पुग्न पूर्व–पश्चिम राजमार्गको नवलपरासीस्थित डन्डाबाट सडक बनाइँदै छ । बिजुलीका लागि नेपाल विद्युत् प्राधिकरणले ‘धौवादी प्रसारण लाइन युनिट’ बनाएर काम गरिरहेको उनले बताए । प्राधिकरणले प्रसारण लाइन र सबस्टेशनको काम गर्दै छ । १३२ केभीए र २२० केभीएको प्रसारण लाइन निर्माणका लागि सर्वेलगायत काम भइरहेको थापाको भनाइ छ । सरकारको ५० प्रतिशत शेयर रहने यो कम्पनीमा गण्डकी प्रदेशको ३ प्रतिशत र स्थानीयको २ प्रतिशत शेयर हुने भनिएको छ । प्रदेश र स्थानीयको शेयर अंशका लागि पहल भइरहेको चन्दले बताए । निजीक्षेत्रको ४५ प्रतिशत शेयर हुने भनिएको छ । सम्भाव्यता अध्ययन भएपछि मात्रै निजीक्षेत्रलाई आह्वान गरिने उनको भनाइ छ । धौवादी फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडा र १०० मीटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएको छ । यसको आधिकारिक पुष्टिका लागि खानी तथा भूगर्भ विभागले पाँच टन फलाम चीन पठाएको थियो । खानी पूर्वी नवलपरासीको हुप्सकोट गाउँपालिका ५ मा छ ।

१ सय २८ कृषकलाई कृषि उपकरण

कपिलवस्तु । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले बुद्धभूमि नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजिक एक कार्यक्रमबीच एक सय २८ जना कृषकलाई विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरण गरिएको हो । लागत सहभागितामा उनीहरूलाई नगरपालिकाको कृषि शाखामार्फत मिनी टिलर, पम्पसेट, इलेक्ट्रिक मोटर उपलब्ध गराइएको हो । नगरपालिकाले ५० […] The post १ सय २८ कृषकलाई कृषि उपकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

कृषिक्षेत्रको बजेट ४५ अर्ब ९ करोड

काठमाडौं (अस) । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिक्षेत्रमा ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा ३ अर्ब ६९ करोड रुपैयाँले बढी हो । अर्थमन्त्री विष्णु पौडेलले शनिवार आगामी आव २०७८÷७९ को बजेट प्रस्तुत गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण तथा व्यवसायीकरण गरी उत्थानशील अर्थतन्त्रको प्रमुख आधारको रूपमा विकास गरिने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारिता वृद्धि गरिनुका साथै कृषिबाली, मत्स्य, पशुपन्छी उत्पादन, रबर खेती प्रवद्र्धन गर्न रबर जोन लगायत थप ७१ जोन सञ्चालनमा ल्याइने घोषणा उनले गरेका छन् । विभिन्न पकेट क्षेत्रमा कृषि उपकरण खरीद गरी स्थानीय तहलाई अनुदान उपलब्ध गराइने भएको छ । उक्त आयोजना क्षेत्रका कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउन कृषि विषय अध्ययनरत ३ सय विद्यार्थीलाई इन्टर्नको रूपमा खटाउने  र कृषि प्राविधिकलाई करारमा परिचालन गर्ने कार्यक्रमका लागि कुल ७ अर्ब ९८ करोड विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए । त्यसैगरी हाल उपयोगमा नआएका सरकारी कृषि फार्म र बाँझो जमीनमा व्यावसायिक खेती गर्न सरकारले निजीक्षेत्रलाई भाडामा दिने नीति अवलम्बन गर्ने योजना बनाएको छ । माटो जाँच प्रयोगशालाको क्षमता अभिवृद्धि गरी डिजिटल माटो परीक्षण नक्सा प्रणाली कार्यान्वयमा ल्याइने पनि बजेटमा उल्लेख छ । मध्यम तथा उच्च प्रविधियुक्त बहुउद्देश्यीय नर्सरी स्थापना गरी फलफूलका ५० लाख बिरुवा उत्पादन गरिने भएको छ । किसानले खेतीबाली लगाउनुअगावै रासायनिक मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न र आगामी ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्नेगरी प्रारम्भिक कार्य अघि बढाउन बजेट विनियोजन गरिएको बताइएको छ । सरकारले यसअघि किसानलाई रासायनिक मलमा प्रदान गर्दै आएको अनुदान १ अर्ब रुपैयाँले बढाएर १२ अर्ब पुर्‍याइएको छ ।

ठोकर्पामा खुल्यो बिउ बैंक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ ठोकर्पामा सामुदायिक कृषि बिउ बैंक स्थापना गरिएको छ । पिङडाँडा कृषि सहकारी संस्थाले सहकारी भवन र कृषि बिउ बैंकको उद्घाटन गरेको हो । सहकारीले एक सय स्थानीय र उन्नत जातका बिउको प्रदर्शनीसमेत गरेको छ । गाउँपालिकाको ३२ लाख रुपैयाँ सहयोगमा निर्मित सहकारी भवन र बिउ बैंकको एकैसाथ उद्घाटन गरिएको हो । ‘पुराना जातका बिउको संरक्षण र नयाँ जातका बिउको प्रवद्र्धन गर्न बिउ बैंक स्थापना गरिएको हो’, संस्थाका अध्यक्ष हिमबहादुर आचार्यले भने । अब कृषकले गाउँमा कृषि उत्पादन गर्न सबै बिउ बैंकमार्फत प्राप्त गर्न सक्नेछन् । स्थानीय ठाउँमा उत्पादन गरिँदै आएका सबै प्रकारका बिउ संरक्षण गर्दै त्यसको निरन्तर उत्पादनमा लाग्ने र कृषकको आवश्यकता र मागअनुरूप हाइब्रिड बिउसमेत बैंकबाट प्राप्त गर्न सकिने सहकारीका कोषाध्यक्ष रोशन न्यौपानेले जानकारी दिए । बैंकबाट किसानले किरा तथा रोग सहन सक्ने बिउ खरिद गर्न सक्ने उनले बताए । लोपोन्मुख कृषि बिउ बैंकमा रहनेछन् । बिउ अभाव र खाद्य संकट रोक्न बिउ बैंकको महत्वपूर्ण भूमिका रहने कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए । कार्यक्रम स्थलमा २३ वटा समूहले छुट्टाछुट्टै बिउका स्टल प्रदर्शनीमा राखेका थिए । स्थानीयदेखि उन्नत प्रजातिका करिब एक सय प्रकारका बिउको प्रदर्शन गरिएको कोषाध्यक्ष न्यौपानेले बताए । पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भवनको उद्घाटन गरे । कृषकले उत्पादन गरेका सामग्री बिक्री र तिनलाई आवश्यक कृषिजन्य सामग्री एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले आवश्यक सहयोग गरेको गाउँपालिका अध्यक्ष श्रवण जिसीले बताए । गाउँपालिकाले तरकारी पकेट क्षेत्रको रूपमा सहकारीको सेवा क्षेत्रलाई विकास गर्नेसमेत जिसीको भनाइ छ । सहकारी स्थापनाको पाँच वर्षमा सुनकोशी गाउँपालिका– १ र २ का कृषकको सारथि बन्न सफल भएको संस्थाका अध्यक्ष आचार्यको दाबी छ । ‘कृषकलाई सबै प्रकारका बिउ, मलसँगै पशुपालनका लागि सरल कर्जा र बिमा व्यवस्था गरिएको छ’, आचार्यले भने, ‘यो वर्ष एक घर एक टनेल र प्लास्टिक पोखरीले पूर्णता पाउनेछ ।’ सहकारीकै समन्वयमा गत महिना माटो परीक्षणसमेत गरिएको थियो । सोही कार्यक्रममा कृषि ज्ञान केन्द्र धुलिखेलबाट प्राप्त कृषि उपकरण कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । सुनकोशी गाउँपालिका–१ र २ का कृषकलाई ३८ वटा मिनिटे«लर, १० वटा मकै पिस्ने मेसिन, मकै छोडाउने कन्सेलर, त्रिपाललगायत सामग्री वितरण गरिएको थियो ।