काठमाडौं :अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक अजरा जिया काठमाडौँ आइपुगेकी छन्।उपविदेशमन्त्री जिया भारत भ्रमण सकेर आज नयाँदिल्लीबाट काठमाडौं आइपुगेकी हुन्। उनी मंगलबार नयाँदिल्ली आएकी थिइन्। उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एशिया मामिला हेर्ने डेपुटी असिस्टेन्ट एडमिनिस्ट्रेटर अञ्जली कौर पनि आएकी छन्।उपविदेशमन्त्री जियाको नेपाल भ्रमण अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो