प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री बीच शिष्टाचार भेट, आपसी हितका विषयमा छलफल

जेठ ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।  तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रवार यहाँ आइपुगेकी हुन् । रासस

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री राणासँग अमेरिकी उपविदेशमन्त्री वर्माले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग अमेरिकाको व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड वर्माले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच शिष्टाचार भेट [भिडियो]

काठमाडौँ- नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्ष...