काठमाडौं, जेठ ७ । नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आएकी छन्। दक्षिण एसियाली मुलुक भारत र नेपालको भ्रमणका क्रममा मंगलबार भारत आइपुगेकी उनी शुक्रबार काठमाडौं आएकी हुन्। तिब्बत मामिलासम्बन्धी अमेरिकी विशेष संयोजकसमेत रहेकी उनको भ्रमणको उद्देश्य मानवअधिकार तथा प्रजातान्त्रिक शासनको लक्ष्यमा सहकार्य गर्ने तथा मानवीय प्राथमिकतालाई सुढृढ गर्ने छ। उनले […]