बाजुरामा बालविवाह गर्नेहरूको संख्या बर्सेनि बढ्न थालेपछि यसलाई रोक्न स्थानीय पुजारी र पुरोहितहरूलाई सक्रिय गराउन थालिएको छ । बालविवाहका नकारात्मक परिणामबारे पुरोहित र स्थानीय पुजारीहरूलाई सम्झाइबुझाइ गरेपछि उनीहरूले यो कुप्रथा रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।