बझाङ । बझाङमा बालविवाह रोक्न किशोरीहरुलाई सशक्तीकरण गर्ने प्रयास थालिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाँउपालिका र तल्कोट गाँउपालिकाका किशोरीहरुलाई सशक्तीकरण तालिम दिइएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी बझाङ जिल्ला शाखाको आयोजनामा किशोरीहरुलाई सशक्तीकरण गर्न लागेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङका कार्यालय प्रमुख श्याम नेपालीले बताउनुभयो […]