खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भन्नुभयो । विद्यालयमा गठन भएका …