निषेधाज्ञा कडाइ गरिएपछि समाचार सङ्कलन गर्न निस्किएको म कौसलटारको बीच सडकमा रोकिएँ । समाचार सङ्कलन गर्न निस्किएका मलाई सडकमा खटिएका प्रहरीले रोकेपछि राससको आफ्नो परिचयपत्र देखाएँ । प्रहरीले सूचना विभागद्वारा जारी गरेको परिचयपत्र देखाउन भनेपछि अलमलमा परेँ ।
“मैले १७ वर्षदेखि राससमा पत्रकारिता गर्दैछु, आजसम्म यही कार्डले भयो, अहिले चाहिँ किन चाहियो विभागद्वारा जारी परिचयपत्र, सूचना विभागको कार्ड छैन र” त्यसपछि प्रहरीले भने, “माथिको आदेश त्यही छ, मैले केही गर्न सक्दिन तपाईं फर्कनुहोस् ।”
निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारबीच बाटोबाटै फर्कनुपर्ने पीडा भोग्नुप¥यो । कोरोना सङ्क्रमित रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासनले गरेको निषेधाज्ञा हिजोबाट थप कडाइ गरेपछि त्यसको मारमा कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ ।