‘खोप लगाउन विभागको परिचयपत्र अनिवार्य छैन’

काठमाडौं । पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् । सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासंघको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो । सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।(रासस)

सम्बन्धित सामग्री

कोरोना खोप लगाउन छुटेकालाई मतदान स्थलमै खोप लगाउने सुविधा

काठमाडौँ । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदान स्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरूले चुनावमा सहभागी हुँदा अनिवार्य रूपमा खोप […]

विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

काठमाण्डाै - विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभ...

अस्ट्रियामा सबैलाई खोप अनिवार्य गरिने

भियना । अस्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ । आगामी महिनादेखि लागु हुने गरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो युरोपेली देश अस्ट्रिया नै बन्ने भएको छ । कोरोनाभाइरसविरुद्ध लड्नका लागि सबैभन्दा […]

फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा

काठमाण्डाै – फ्रान्समा कोरोना भाइरस )काेभिड १९) विरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । फ्रान्सको नयाँ नियमअनुसार झन्डै २७ लाख स्वास्थ्यकर्मी, केयर होममा काम गर्ने र अग्नि नियन्त्रकका लागि खोप अनिवार्य गरिएको छ । तर खोप लगाउन नमानेपछि तीन हजार जनालाई निलम्बन गरिएको बीबीसीले जनाएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री ओलभियर भेरानले उनीहरूलाई अस्थायी रूपमा निलम्बन गरिएको जानकारी दिँदै खोप लगाउन पुनः आग्रह गरिएको जानकारी दिनुभएको छ । यसअघि राष्ट्रपति इमानुएल म्याक्रोनले १२ जुलाईमा ...

खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाद्वारा प्रदर्शन

काठमाडौँ। कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले आज (मंगलबार) राजधानीमा प्रदर्शन गरेका छन् । मंगलबार बिहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरेका छन् । भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरु घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै सडकमा निस्किएका […]

अबदेखि कोरोना खोप लगाउन अनिवार्य नाम ‘पूर्व दर्ता’ गर्नुपर्ने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउनुपूर्व आफ्नो नाम ‘पूर्वदर्ता’ गर्नुपर्ने नियम बनाएको छ।खोप केन्द्रहरुमा भिड बढेपछि त्यसलाई व्यस्थित गर्न यस्तो नियम ल्याइएको हो।नयाँ नियमअनुसार खोप लगाउन चाहनेले मन्त्रालयको खोप सम्बन्धी आधिकारिक वेबसइट‘भ्याक्सिन डट एमओएचपी डट जीओभी डट एनपी’मा गएर आफ्नो नाम अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ।नाम दर्ताको आधारमा लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

विदेश जानेहरुको लागि कोरोना खोप लगाउन तोकिए दुई अस्पताल

काठमाण्डौ – विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धकाे खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् । अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ । पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो ।

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य

स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

खोप लगाउन जाँदा के कुरामा ध्यान दिने ?

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर नजिकको स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।  त्यस्तै अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउन, स्यानिटाइजर साथमै बोक्न, खोप लगाउने बेला पनि मास्क लगाइरहने कुरामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।साथै खोप लगाउन जाँदा छोटो बाहुला भएको अनि खुकुलो कपडा लगाएर जान र खोप लगाउ...