मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

जेठ ४, काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३४ लाख कित्ता आईपीओ निष्कास गर्नका लागि गत वैशाख २८ गते निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले सङ्खुवासभामा १४ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रवर्द्धकमा पशुपति इनर्जी डेभलपमेन्ट प्रालि रहेको छ ।