स्थानीय जनप्रतिनिधि आएपछि काठमाडौं महानगरमा बने ५६ पार्क, थप १६ निर्माणको चरणमा
काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुनील चौधरी भन्छन्–उपत्यकाभित्रका खुला ठाउँ र पार्कहरूमा जिम तथा व्यायाम गर्न मिल्ने उपकरण राख्न आवश्यक छ
,तस्बिर...
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगला इन्द्रेणी पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा शुरु गरिएको पार्कको करीब ९० प्रतिशत काम सकिएको छ ।
मंगलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीयलाई शारीरिक व्यायाम, बिश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको परिकल्पनामा पार्क निर्माण योजना अघि सारिएको थियो ।
इन्द्रेणी पार्कमा हालसम्म संग्रहालय भवन, प्रतीक्षालय, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, स्नानकक्षलगायत भौतिक संरचना निर्माण भइसकेछन् । पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट पनि तयार भइसकेको छ ।
पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । फूल र दुबोलाई हरियो राख्न नियमित पानी हाल्ने गरिएको छ ।
पार्क निर्माणमा १ करोड ८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । उनका अनुसार पार्क निर्माणमा गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५ लाख, ०७६/०७७ मा २५ लाख र ०७७/०७८ मा २१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
उपभोक्ता समितिबाट योजना सञ्चालन गरिएकाले प्रत्यक वर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीयले श्रमदान गरेका छन् । पार्कभित्रै दुईतल्ले दुईओटा हल भएको मंगला संग्रहालय भवन निर्माण गरिएको छ ।
दुई आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएको ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरी कुल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।
संग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरात्वात्तिक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका शीप, कला, संस्कृति तथा मौलिकता झल्किने महŒवपूर्ण सामग्री संकलन गरेर राखिनेछ । त्यसका लागि भवनभित्र आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ ।
मंगला गाउँपालिका–२, बाबियाचौरमन इन्द्रबहादुर र सम्मरबहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलव्ध गराएको हो । म्याग्दी नदी किनारको ४ रोपनी जग्गा इन्द्रबहादुर अधिकारीले गाउँपालिकालाई निःशुल्क दिएका हुन् भने ५ आना जग्गा सम्मरबहादुर अधिकारीले पालिकाबाट जम्मा ३ लाख रुपैयाँमात्रै लिएर सहयोगस्वरूप प्रदान गरेका थिए ।
झन्डै २१ सय वर्गमीटर क्षेत्रफलमा निर्मित पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अर्धकदको सालिक बनाउने तयारी समेत भइरहेको गाउँपालिका अध्यक्ष रोकाले बताए । पार्कमा आकर्षक बालउद्यान समेत बनाउने योजना छ ।
हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले सबै पूरा भएपछि मात्रै पार्क सञ्चालनमा ल्याइने अध्यक्ष रोकाले जानकारी दिए । पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मंगला पार्क रहनेछ । संग्रहालयमा मंगलाका विशेषता हेर्न पाइन्छ ।
नदी किनारमा भएकाले स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी पार्क निर्माण गरिएको छ । यसले मंगलामा आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्न सक्ने अपेक्षा गरिएको छ ।
पार्क बनेपछि ज्येष्ठ नागरिक, बालबालिका र युवा सबैलाई खुसी मिलेको छ। घर नजिकै पार्कमा आएर शारीरिक क्षमताअनुसार व्यायाम गर्न पाउँदा आनन्द लागेको सुन्तली थापा मगर बताउँछिन्।...
काठमाडौँ महानगरको वडा नम्बर १८ मा खुल्ला शारीरिक व्यायाम स्थल स्थापना गरिएको छ । पुष्पलाल पार्कमा जडान गरिएका शारीरिक अभ्यास उपकरणको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज उद्घाटन गरे ।प्रमुख शाक्यले, महानगर क्षेत्रभित्रका खुल्ला ठाउँलाई उपयोग गर्न स्थानीयलाई आग्रह गरे । ‘हामीले खुल्ला गरेर पार्कका रुपमा विकास गरेका ठाउँहरु स्थानीयका लागि हुन् । ती ठाउँमा स्थानीयहरु आउने, घुम्ने, आपसी कुराकानी गर्ने गर्न थाल्नुभयो भने हामीले गरेको कामको परिणाम आएको महसुस गर्न पाउने थियौँ’ उनले भने ।उनले हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर शारीरिक अभ्यास गर्ने ठाउँ बनाउने मेयर शाक्यको भनाई छ । सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम महानगरले गर्ने उनले बताए ।वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, भित्री वडाहरुमा यसप्रकारको खुल्ला व्यायाम स्थल पहिलो भएको उल्लेख गरे । यो निःशुल्क सेवा हो । सामाग्रीहरु न्यु आनन्द टे«ड हाउसले जडान गरेको हो । व्यायाम स्थलमा स्काइ वाकर, एअर वाकर, क्रस टे«नर, सिट अप सिङ्गल, चेस्ट प्रेस, थाइ ची स्पिनर, साइकल, हर्स राइडर, डवल स्ट्याण्डिङ् ट्वीस्टर, पुस अप बार, व्याक एक्स्टेन्सनजस्ता ११ प्रकारका सामग्री छन् । यिनीहरु ९ लाख ९५ हजार रुपैयाँ लागतमा जडान गरिएको टे«ड हाउसका परामर्शदाता चन्द्रेश्वरप्रसाद सिंहले जानकारी दिए ।
दिपक न्यौपाने,बुटवल रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका रुपमा परिचित छ। खेलकुदमा विभिन्न कार्यक्रम आयोजनालाई प्राथमिकतामा राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको छ। खुल्ला ठाँउमा जुन सुकै समय र उमेर समूहका लागि व्यायाम गर्न मिल्ने गरि खुल्ला व्यायामशाला निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नम्बर २ को बोलबम पार्क, वडा नम्बर […]
असार १०, बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाको नवौं नगर सभामा नगरप्रमुख जनकराज पौडेलले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगरप्रमुख पौडेलले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम रहेको भन्दै यस अवधिमा बागलुङ नगरपालिकामा महत्वपूर्ण दीर्घकालसम्म प्रभाव पार्ने रणनैतिक महत्वका कामहरु भएको समेत बताए ।
उनले दुई दशकसम्म गौचरणका रुपमा परिणत भएको बलेवा विमानस्थल यस वर्षभित्र कालोपत्रे सम्पन्न भइ सञ्चालन हुने र उक्त विमानस्थल पाइलट विद्यालयको रुपमा समेत सञ्चालन गर्ने प्रचुर सम्भावना रहेको र त्यसको लागि प्रस्तावहरु आइसकेको बताए ।
नगरपालिकाले तीन वर्षको अवधिमा २१ दशमलव ६६ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको जानकारी दिएको छ । नगरप्रमुख पौडेलले प्रदेश सरकाको लगानीमा १२ किलोमिटर र संघीय सरकारको लगानीमा ९ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरिएको बताए । उनले तीन वर्षको अवधिमा १५ दशमलव ३५ किलोमिटर पक्की नाली, १३९ किलोमिटर सडक स्तरोन्नति, १४ दशमलव ७७ किलोमिटर पैदल मार्ग र ३ किलोमिटर तारजाली लगाउने काम सम्पन्न भएको बताए ।
नगरप्रमुख पौडेलले बानपा–४ मा बागलुङ बसपार्क निर्माणको अन्तिम चरणमा रहेको र बानपा ५, ६ र ७ मा मालिका वन्यजन्तु बासस्थान (जिओलोजिकल पार्क) संसारकोटमा ग्रेट वाल निर्माण हुने तयारीमा रहेकोले पर्यटन विकासको निम्ति राष्ट्रिय र अन्तरराष्ट्रिय भूमिका निर्वाह गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अहिले कोभिड–१९ को संक्रमण फैलिदै गएको र नयाँ प्रजातिको भाइरस फैलिन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै पूर्व तयारी गर्ने जानकारी दिएको छ । यस्तै स्वास्थ्यकर्मीको मनोवल वृद्धिका लागि आवश्यक व्यवस्थापन गर्ने जानकारी दिएको छ ।
यस्तै नगरप्रमुख पौडेलले गण्डकी प्रदेशले धौलागिरी अस्पतालमा निर्माण गर्ने हरि खड्का ट्रमा सेन्टर निर्माण गर्न विशेष पहल गर्ने जानकारी दिएका छन् । नगरपालिकाले ‘गरीबीसँग मेयर ऋषिराम’ कार्यक्रमलाई कोभिड–१९ बाट प्रभावित व्यक्ति समेतको आयआर्जनका लागि सुलभ कर्जा प्रदान गर्ने जानकारी दिएको छ ।
नगरपमुख पौडेलले नगर स्तरीय ९ ओटा र वडा स्तरीय सडकलाई स्तरोन्नति गरी पक्की सडकहरुमा मर्मत सुधार गर्ने, नगरप्रमुख प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने, सबै विद्यालयमा बगैचा स्थापना गरी हरित विद्यालयको अवधारणमा जोड दिइने, मासुजन्य उत्पादनको लागि चिस्यान केन्द्र स्थापन गर्ने, कृषि उपज उत्पादनमा आत्मनिर्भर बनाउन सुन्तला, कागती, चिया, किवी, ओखर खेती तथा जडिबुटी खेती प्रबर्द्धन कार्यक्रमलाई अगाडी बढाइने बताए ।
यस्तै भगत सर्वजित सिप रोजगार प्रबर्द्धन कार्यक्रम, परम्परागत पेशा व्यवसाय सुधार कार्यक्रम, युवा व्यवसायीक प्रबर्द्धन कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । नगरपालिकाले मेयर कप फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै खेलकुद मैदानहरुको पूर्वाधार, कर्भडहलको स्तरोन्नति एवम् सञ्चालन गरिने जानकारी दिएको छ भने फुटबल, भलिबल, क्रिकेट लगायत खेलकुदकालाई प्रोत्साहक र परिचालन गरिने जानकारी दिएको छ । नगरपालिकाले सार्वजनिक ठाउँमा व्यायाम स्थल (जिम) स्थापना गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।