पुष्पलाल पार्कमा व्यायाम स्थल स्थापना

काठमाडौँ महानगरको वडा नम्बर १८ मा खुल्ला शारीरिक व्यायाम स्थल स्थापना गरिएको छ । पुष्पलाल पार्कमा जडान गरिएका शारीरिक अभ्यास उपकरणको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज उद्घाटन गरे ।प्रमुख शाक्यले, महानगर क्षेत्रभित्रका खुल्ला ठाउँलाई उपयोग गर्न स्थानीयलाई आग्रह गरे । ‘हामीले खुल्ला गरेर पार्कका रुपमा विकास गरेका ठाउँहरु स्थानीयका लागि हुन् । ती ठाउँमा स्थानीयहरु आउने, घुम्ने, आपसी कुराकानी गर्ने गर्न थाल्नुभयो भने हामीले गरेको कामको परिणाम आएको महसुस गर्न पाउने थियौँ’ उनले भने ।उनले हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर शारीरिक अभ्यास गर्ने ठाउँ बनाउने मेयर शाक्यको भनाई छ । सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम महानगरले गर्ने उनले बताए ।वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, भित्री वडाहरुमा यसप्रकारको खुल्ला व्यायाम स्थल पहिलो भएको उल्लेख गरे । यो निःशुल्क सेवा हो । सामाग्रीहरु न्यु आनन्द टे«ड हाउसले जडान गरेको हो । व्यायाम स्थलमा स्काइ वाकर, एअर वाकर, क्रस टे«नर, सिट अप सिङ्गल, चेस्ट प्रेस, थाइ ची स्पिनर, साइकल, हर्स राइडर, डवल स्ट्याण्डिङ् ट्वीस्टर, पुस अप बार, व्याक एक्स्टेन्सनजस्ता ११ प्रकारका सामग्री छन् । यिनीहरु ९ लाख ९५ हजार रुपैयाँ लागतमा जडान गरिएको टे«ड हाउसका परामर्शदाता चन्द्रेश्वरप्रसाद सिंहले जानकारी दिए ।

सम्बन्धित सामग्री