काठमाडौं : टोखाको भुतखेलमा बहुउद्देशीय सामुदायिक व्यायाम स्थल निर्माण गरिएको छ। नेपाल युथ फिटनेस एन्ड क्यालिस्थेनिक (एनवाइएफसी) र डीभी एजुकेसन नेटवर्कको संयुक्त पहलमा स्थानीयलाई व्यायाममा आकर्षित गर्ने उद्देश्य सहित क्यालिस्थेनिक (फिटनेस) पार्क निर्माण गरिएको हो।
प्रतिनिधि सभा सदस्य गगन थापाले आज व्यायाम स्थलको उद्घाटन गरे। थापाले हाल कोभिड १९ संक्रमणका कारण