इन्द्रेणी पार्क निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगला इन्द्रेणी पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा शुरु गरिएको पार्कको करीब ९० प्रतिशत काम सकिएको छ । मंगलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीयलाई शारीरिक व्यायाम, बिश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको परिकल्पनामा पार्क निर्माण योजना अघि सारिएको थियो । इन्द्रेणी पार्कमा हालसम्म संग्रहालय भवन, प्रतीक्षालय, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, स्नानकक्षलगायत भौतिक संरचना निर्माण भइसकेछन् । पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट पनि तयार भइसकेको छ । पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । फूल र दुबोलाई हरियो राख्न नियमित पानी हाल्ने गरिएको छ । पार्क निर्माणमा १ करोड ८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिए । उनका अनुसार पार्क निर्माणमा गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५ लाख, ०७६/०७७ मा २५ लाख र ०७७/०७८ मा २१ लाख रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ता समितिबाट योजना सञ्चालन गरिएकाले प्रत्यक वर्ष विनियोजित बजेटको १० प्रतिशतले स्थानीयले श्रमदान गरेका छन् । पार्कभित्रै दुईतल्ले दुईओटा हल भएको मंगला संग्रहालय भवन निर्माण गरिएको छ । दुई आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएको ३६ लाख ८० हजार र स्थानीयको श्रमदान गरी कुल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए । संग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरात्वात्तिक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका शीप, कला, संस्कृति तथा मौलिकता झल्किने महŒवपूर्ण सामग्री संकलन गरेर राखिनेछ । त्यसका लागि भवनभित्र आवश्यक संरचना तयार पार्ने काम भइरहेको छ । मंगला गाउँपालिका–२, बाबियाचौरमन इन्द्रबहादुर र सम्मरबहादुर अधिकारीको परिवारले पार्कका लागि जग्गा उपलव्ध गराएको हो । म्याग्दी नदी किनारको ४ रोपनी जग्गा इन्द्रबहादुर अधिकारीले गाउँपालिकालाई निःशुल्क दिएका हुन् भने ५ आना जग्गा सम्मरबहादुर अधिकारीले पालिकाबाट जम्मा ३ लाख रुपैयाँमात्रै लिएर सहयोगस्वरूप प्रदान गरेका थिए । झन्डै २१ सय वर्गमीटर क्षेत्रफलमा निर्मित पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अर्धकदको सालिक बनाउने तयारी समेत भइरहेको गाउँपालिका अध्यक्ष रोकाले बताए । पार्कमा आकर्षक बालउद्यान समेत बनाउने योजना छ । हरियाली बनाउने काम पनि अझै बाँकी रहेकाले सबै पूरा भएपछि मात्रै पार्क सञ्चालनमा ल्याइने अध्यक्ष रोकाले जानकारी दिए । पालिकाको केन्द्र बाबियाचौर बजारको आकर्षणका रुपमा मंगला पार्क रहनेछ । संग्रहालयमा मंगलाका विशेषता हेर्न पाइन्छ । नदी किनारमा भएकाले स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी पार्क निर्माण गरिएको छ । यसले मंगलामा आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्न सक्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित सामग्री

रावण पार्क निर्माण योजना रोकियो

म्याग्दी – अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै सुरु भएको छैन। साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि अलपत्र पार्क निर्माण बनेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत […]

६४ अर्बको औद्योगिक पार्क निर्माण अलपत्र

मुलुकमा चिनियाँ लगानी ल्याएर औद्योगिक वातावरण सिर्जना गर्न झापामा निर्माण गर्ने भनिएको ६४ अर्ब रूपैयाँ लागतको औद्योगिक पार्क निर्माण अलपत्र परेको छ। चिनियाँ सहयोगमा पार्क निर्माण सुरु गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुनमा पार्क ...

कालिसारमा लालीगुराँस पार्क निर्माण

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालिसारमा लालीगुराँस उद्यान (पार्क) निर्माण सम्पन्न भएको छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबीचमा रहेको कालिसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुनले बताए । अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाइ लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुराँस […]

शिद्धबाबा पार्क निर्माण

बेनी– म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबा पार्क निर्माण गरिएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरूलाई लक्षित गरि रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो ।  पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं. ५ झिँको शिद्ध सामुदायिक वनमा […]

डिभिजन वनले विभिन्न स्थानमा पार्क निर्माण गर्दै

काठमाडौँ,२८ भदौ । तनहुँ डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पार्क निर्माण गर्ने भएको छ । सङ्घीय सरकारको रु ६० लाख र प्रदेश सरकारको रु २० लाख गरी रु ८० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो । उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा पर्यावरण व्यवस्थापनका लागि पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको जनाएको […]

ललितपुर महानगरले २९ पार्क निर्माण गर्ने

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको […]

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण भएको छ । बाबुसँगै बागलुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ ।  दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्ध कदको सालिक

हाइटेन्सन लाइनमुनिको जग्गामा ईको पार्क निर्माण

बारा : हाइटेन्सन लाइनमुनिको खाली जग्गामा निजगढका दुई वटा सामुदायिक वनले ईको पार्क निर्माण गरेका छन्। पर्यटकीय क्षेत्रको प्रवर्द्धन र सामुदायिक वनको आम्दानी बढाउने उद्देश्यले जनहित र जनसिर्जनशील सामुदायिक वनले वन क्षेत्रमा पार्क निर्माण गरेका हुन्।प्रदेश २ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको ‘हाइटेन्सन लायनमुनि ईको पार्क निर्माण’ कार्यक्रमअन्तर्गत २०/२० लाख रूपैयाँबा डिभिजन वन कार्यालय बाराले ‍पार्क निर्माण गरेको हो। दुवै—ढल्केबार ४०० केभी प्रशारण लाइन निर्माणका क्रममा

रसुवामा रेडपाण्डा पार्क निर्माण नसकिँदै तोडफोड

रसुवाको सदरमुकाम धुन्चेमा निर्माणाधिन रेडपाण्डा पार्क निर्माण सम्पन्न नहुँदै तोडफोड हुन थालेको छ । तीन वर्ष अघिदेखि निर्माण सुरु भएको पार्क सम्पन्न नहुँदै पार्कका संरचनामा तोडफोड भएको हो । गत असार...

म्याग्दीमा रामायण पार्क निर्माण तयारी

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पार्क निर्माण हुने भएको हो। पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने सरोकारवालाहरुले बताएका छन्। यस ठाउँलाई रामायणमा खलपात्रको रुपमा चित्रण गरिएका रावणको जन्मस्थानको रुपमा मानिन्छ।पहिलो चरणमा रामायणको मूर्ति, बगैंचा, बिश्राम स्थल, धर्मशालालगायतका पूर्वाधार बनाइने भएको छ। बजेटको उप