बालेनले सबै पार्टीलाई सन्देश दिएका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौ महानगर मेयरमा निर्वाचित भएर बालेन साहले सबै पार्टीलाई सन्देश दिएको बताएका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा प्रचण्डले बालेनको जितलाई सकारात्मक रुपमा लिँदै शुभकामना दिएका छन् ।‘काठमाडौंमा जस्तो किसिमले वालेन आउनुभयो, त्यो विचारणीय छ । मैले त्यसलाई सकारात्मक ठान्छु । त्यो पार्टीहरूका लागि पनि सकारात्मक नै हो ।’  रातोपाटीसँगको कुराकानीमा प्रचण्डले भने, ‘वालेनले सबै पार्टीलाई सन्देश दिनुभएको छ । त

सम्बन्धित सामग्री

नयाँ सरकार बन्नुअघि आफ्नै नेतृत्वमा बलियो मोर्चा बनाउने कसरतमा प्रचण्ड

प्रचण्ड मिलेसम्म पार्टी एकता गर्ने र नमिलेकासँग मोर्चा बनाएर अघि बढ्ने तयारीमा छन् । नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने रणनीतिमा रहेका प्रचण्ड जसपा र जनमत पार्टीलाई समेटेर मोर्चा बनाउने आन्तरिक तयारीमा जुटेका छन् ।

गठबन्धनबाट भावी प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

काठमाडौं : ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बित्यो। दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले साँच्चै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाई त्यसमा गर्व छ’ असार १० को काठमाडौंमा आयाजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए। सत्ता गठबन्धनको आडमा पार्टीलाई चुनावमा हेलाउने प्रयत्न गरिरहेका प्रचण्ड फेरि प्रधानमन्त्रीको दौडमा लागिसकेका छन्। तेस्रो शक्ति

पार्टीलाई अनुशासनमा चलाउन समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्। सोमवार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन…

माओवादीको बन्दसत्रमा सुझाव : पार्टीलाई पुनर्जीवन दिन प्रचण्ड विचारधारा भनौं

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा प्रचण्ड विचारधाराको विकास गर्नुपर्ने सुझाव पेस भएको छ । प्रचण्ड विचारधाराले माओवादीलाई पुनर्जीवन दिने र यही विचारधाराको नेतृत्वमा वृहत कम्युनिष्ट एकताको आह्वान गर्नुपर्ने सुझाव पेस भएको हो । सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारी (विवेक शर्मा)ले यो सुझाव पेश गरेका हुन् । प्रचण्डपथ […]

माधव नेपाल पार्टीलाई कमजोर बनाए : महेश बस्नेत

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाएका छन् । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनको […]

पार्टीलाई कुन माेडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेकाे छ : प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले बुधवार नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुई दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो ।   ‘पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या...

फेरि पार्टीलाई सशक्त बनाउँछुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज  आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उनले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए । अब आफूू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने उनले बताए । जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उनको भनाइ थियो । ...

पार्टीलाई एकताबद्ध पार्ने निर्णायक भूमिका ओलीको भएको नेपाल पक्षको निष्कर्ष

एमालेको माधव नेपाल पक्षले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रधान र निर्णायक भूमिका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको निष्कर्ष निकालेको छ । सर्वोच्चको फैसलापछि प्रचण्ड समूह छाडेर एमालेमा फर्किएको नेपाल पक्षको बुधबार भएको केन्द्रीय सदस्यको भेलाले सो निष्कर्ष निकालेको हो । बैठकपछि नेता रघुजी पन्तले विगतका कुरालाई बिर्सेर पार्टीलाई बलियो र एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । यद्यपी त्यसका लागि निर्णायक भूमिका अध्यक्ष ओलीको हुने भएकाले सचेत गराइने बताए ।

नेकपा नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' अध्यक्ष रहेको दल दर्ता गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो । आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नाममा ओली र प्र...