काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले बुधवार नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुई दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो ।
‘पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या...