नेकपा नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' अध्यक्ष रहेको दल दर्ता गरेपछि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो । आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नाममा ओली र प्र...

सम्बन्धित सामग्री

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्णय तत्काल यथास्थितिमा राख्न आदेश गरेको हो ।

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्णय तत्काल यथास्थितिमा राख्न आदेश गरेको हो ।

जसपा आधिकारिकता विवाद सर्वोच्चमा - Nepal Japan

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि

परमादेशको सरकार र अध्यादेशको पार्टीलाई जनादेशले प्रतिस्थापन गर्छौँ : शंकर पोखरेल

एमाले नेता शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आलोचना गरेका छन् । उनले नेपालको पार्टीलाई अध्यादेशको पार्टीको संज्ञा दिए । ‘परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन्’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नयाँ जनादेशवाट त्यसको प्रतिस्थापन गरिनेछ।’ निर्वाचन आयोगले अध्यादेशको बलमा गठन भएको नेपालको पार्टीलाई बुधबार आधिकारिकता दिएको थियो । यस्तै सर्वोच्चको परमादेशपछि देउवा सरकार बन...

संसदको चौथो शक्ति बन्यो माधव नेपालको पार्टी

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ । बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ । नेपाल नेतृत्वको पार्टीमा ३० सांसद रहेका छन् । आयोगमा बुधबार सनाखत गराउन तत्कालीन एमालेका ३० सांसद माधव नेपालको पक्षमा खुलेका थिए । यससँगै संसदको सबैभन्दा ठुलो पार्

यस्तो छ निर्वाचन आयोगबाट माधव नेपाल र महन्थ ठाकुरले पाएको प्रमाणपत्र

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई आधिकारिकता दिएको छ । आयोगले बुधबार साँझ दुबै पार्टीलाई आधिकारिकता दिने निर्णय गरेसँगै तत्कालै दल दर्ताको प्रमाणपत्र समेत उपलब्ध गराएको छ । दुबै दल राजनैतिक दल सम्बन्धी एन, २०७३ (दोस्रो संशोधन, अध्यादेश २०७८) को दफा ३३ बमोजिम आयोगमा दर्ता भएका हुन् । दुबै पार्टीले आजै आयोगमा सांसद र केन्द्रीय सदस्यको सनाखत गराएका थिए । दुई पार्टीले पाएको प्रमाणपत्र हेर्नुहोस्ः

औपचारिक रूपमै फुट्यो एमाले, माधव नेपालको पार्टीले पायो दलको मान्यता

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा एमालेका ५५ केन्द्रीय सदस्यले नेकपा एकीकृत समाजवादी नामको पार्टी दर्ता गरेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीलाई बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको हो । आयोगको निर्णयसँगै नयाँ पार्टीले  प्रमाणपत्र पनि पाएको छ । एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो। ...

महन्थ ठाकुरको पार्टीले पायो वैधानिकता

जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । बुधबार साँझ आयोगले महन्थ ठाकुर नेतृत्वको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।   ठाकुर पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।   जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर पक्षका नेताहरुले सरकारले २० प्रतिशत पु-याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन ...