इलाम– इलामको माईजोगमाई गाउपालिका– ३ स्थित नामसालिङ रोडदेखी करिब १ किलोमीटर तल जंगलमा ढुंगाको ओडारमा एक बेवारिसे शिशु फेला परेका छन् । हिजो साँझ घाँस दाउरा गर्ने क्रममा स्थानीय होमबहादुर राना र आशीष देवानले बच्चा रोएको आवाज सुनेपछि गएर हेर्दा बच्चा फेला परेको हो । बच्चा भेटिएपछि उनीहरुले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । […]