चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सरकारी वित्त सवा दुई खर्बभन्दा बढीले घाटामा छ । अपेक्षित रूपमा पुँजीगत खर्च बढ्न नसकेको अवस्थामा पनि राजस्व संकलनमा कमी आउँदा सरकारको आम्दानी र खर्चको अन्तर लगातार फराकिलो बन्दै गएको हो । गत शुक्रबारसम्म सरकारको कुल आम्दानीभन्दा कुल खर्च २ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँले बढी छ ।