चालू आर्थिक वर्षको ६ महिनाको विकास निर्माणका लागि गरिने पुँजीगत खर्च जम्मा १३.४४ प्रतिशत मात्रै छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आवको पहिलो ६ महिनाको कुल खर्च नै जम्मा ३१.०३ प्रतिशत रहेको छ । यो अवधिमा सरकारले राजस्व भने ४५.९२ प्रतिशत उठाएको छ ।
सरकारले ६ महिनामा ५ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भएपनि खर्च भने गर्न सकेको छैन । सरकारले राजस्व उठाउने लक्ष्य चालू आवमा ११ खर्ब ८० अर्ब रहेको छ ।
सरकारले गर्ने पुँजीगत खर्च जम्मा ५० अर्ब ८० करोड छ । यो वर्ष सरकारले गर्ने यस्तो खर्चक...