चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारले २० प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने प्रतिबद्धताका बाबजुद सरकारले यो अवधिमा ७७ अर्ब १४ करोड रुपैयाँ अर्थात् २०.४ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । […]