नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजकुमार क्षेत्रीको अनिवार्य अवकाशसँगै नयाँ नेतृत्व लिन दौडधूप शुरु भएको छ । महानिर्देशकका लागि हालका उपमहानिर्देशक प्रतापबाबु तिवारी सबै हिसावले अगाडी देखिएका छन् ।
उमेर हदका कारण क्षेत्री भोलि शनिवारदेखि अनिवार्य अवकाशमा जाँदैछन् । क्षेत्रीको अवकाशसँगै वरिष्ठताका आधारमा हाल नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठान प्रमुखका रुपमा कार्यरत उपमहानिर्देशक तिवारीलाई महानिर्देशक बनाउने तयारी रहेको पर्यटन मन्त्रालय स्रोतले बतायो ।
तिवारीसँगै प्राधिकरणका अर्का उपमहानिर्देशक भोला...