सोलुखुम्बु – पर्यटकीय क्षेत्र सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको हो ।
माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ । माथिबाट खसेको पहिरो टर्मिनल भवनमा पर्दा भवनको झ्याल तथा सिसा फुटेको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख रमेश महतले बताउनुभयो ।
विमानस्थलबाट माथिल्लो भागमा लगाइएको ग्याभिङ वालसमेत लच्किँदा जोखिम उच्च भएको नागरिक उड्य...