नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले विरोध जनाएको छ । प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार काटेको छ । देशैभर तार काट्न थालेपछि क्यान महासंघले इन्टरनेट व्यवसायीलाई साथ दिँदै प्राधिकरणको विरोध गरेको हो ।प्राधिकरणले तार काटेको स्थानमा इन्टरनेट सेवामा अवरुद्ध पुगेको महासंघको भनाई छ । प्राधिकरणले हिजो शनिबारदेखि पोलको भाडा नतिर्न