विपद् प्रतिकार्यमा वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

जेठ १८, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यका लागि वडा स्तरमा स्वयंसेवक परिचालन गर्न कालिकोटका स्थानीय तहलाई निर्देशन दिएका छन् ।  स्वास्थ्य पूर्वाधार र योजना अनुगमनाका लागि गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । ‘यो अवस्थामा जनतालाई भित्र राखेर सेवक बाहिर हिड्नु पर्छ, प्रत्येक कर्मचारी, जनप्रतिनिधि, सबै सरोकारवाला निकाय र संरचनाहरु यतिबेला कोरोना महामारी केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘सबै मिलेर महामारीको सामना गरौं, । कोरोना महामारी र जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजक हुन निर्देशन दिँदै मुख्यमन्त्री शाहीले प्रत्येक वडा तहमा स्वयंसेवक परिचान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको भन्दै आवश्यक जनचेतना फैल्याउनसमेत आग्रह गरे । उनले निषेधाज्ञा थप कडा गर्न समेत निर्देश दिए । ‘स्थानीय तहको आगामी बजेट कोरोना केन्द्रित गर्नुहोस्,’ स्थानीय तहका प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले भने, ।  स्थानीय तहका प्रतिनिधिले थप स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य सामग्री र बजेटको प्रवन्ध गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह समेत गरेका थिए । गाउँमा बिबाह, र मलामी जानेक्रम नरोकिएकाले कोरोना संक्रमण नियन्त्रण गर्न थप चुनौती भएको बताए ।  मुख्यमन्त्री शाहीले सोमवार नै जिल्ला अस्पताल कालिकोटका डाक्टरहरुसँग पनि छलफल गरेका छन् । छलफलका क्रम्मा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाएका छन् । त्यस्तै चिकित्सकहरुले आईसियू सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीले पाउनु पर्ने भत्ता समयमै उपलव्ध गराइदिन आग्रह गरे । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने वताए । ‘तपाईहरु उच्च मनोबलका साथ काम गर्नुस्, प्रेदेश सरकार तपाईहरुको साथमा छ,’ शाहीले भने, ‘कुराभन्दा पहिला काम गर्नुस्, बिजुली नभएको ठाउँमा सोलार जडान गर्नुस्, त्यसका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्छ ।’  उनले अघिल्लो वर्ष र यो वर्षेको एकमुट भत्ता तत्काल उपलब्ध गराइने प्रतिवद्धता समेत जनाए ।

सम्बन्धित सामग्री

पुनर्निर्माणमा जुट्दै सल्यानका राजनीतिक दल

सल्यान : सल्यानको दार्माका भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन गरेका छन्।जिल्लामा क्रियाशील राजनीतिक दलहरू पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउने र अस्थायी घरटहरा निर्माणमा जुटेका हुन्।भग्नावशेष हटाउने, शौचालय बनाउने, खुला आकाशमुनि बसेकाहरूका लागि अस्थायी टहरा बनाउन जुटेको नेकपा माओवादी केन्द्र दार्मा गाउँकमिटी अध्यक्ष दुर्गा मल्लले जानकारी दिए।गाउँपालिकाबाट मात्र भूकम्प प्रभावित क्षेत्रमा ३ सय स्वयंसेवक परिचालन गरिएको उनले बत

चार सय दक्ष स्वयंसेवक उत्पादन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो। भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही […]

रास्वपाको विपद् व्यवस्थापनमा आरएटी परिचालन

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा तत्काल प्रतिकार्य समूह (आरएटी) परिचालन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीेको उक्त समूह नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेका यात्रु र सवारी साधनको व्यवस्थापनमा खटिएको हो । समूहका प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको रास्वपाका सभापति रवि लामिछानेका निजी सचिब प्रकाश सिग्देलले जानकारी दिए। विपद्का समयमा परिचालन हुने गरी […]

औलो रोग नियन्त्रणका लागि स्वयंसेवक परिचालन

सिमकोट – औलो रोग देखिँदै आएको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका सबै घरधुरीमा औषधि छर्कने कार्यक्रम सुुरु गर्न स्वयंसेवक परिचालन गरिएको छ। लामखुुट्ने भगाएर रोग नियन्त्रण गर्न सरोकारवाला पक्षको सहयोग समन्वयमा औषधि छर्कने कार्य गरिएको हो। ताँजाकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालले यो समयमा गर्मी बढेसंगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने […]

एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ न

केएमसीमा आकस्मिक सेवा सहज बनाउन स्वयंसेवक परिचालन

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आकस्मिक कक्षमा आउने बिरामीले सजिलै उपचार पाउन भनेर आकस्मिक उपचार कक्षको सेवामा व्यापक सुधार गरेको छ। केएमसीले आकस्मिक कक्षमा थप सुधार गरेर उपचार छिटो, छरितो र प्रभावकारी बनाएको हो।बिरामी र कुरुवालाई सघाउन आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंसेवक’ को टोली नै परिचालन गरिएको छ। आकस्मिक उपचारका लागि आउने बिरामीलाई सजिलै आकस्मिक कक्षमा लैजान अस्पतालको मूलद्वारसामु ट्रली, ह्विलचेयर र स्ट्र

ट्राफिक प्रहरीले राख्यो ९५ जना विद्यार्थी ट्राफिक स्वयंसेवक

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनका गर्न ९५ जना विद्यार्थी स्वयंसेवक परिचालन गरेको छ

ट्राफिक व्यवस्थापन चुस्त पार्न स्वयंसेवक परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौँका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको महाशाखाले जनाएको छ । महाशाखाले स्वयंसेवकलाई उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ […]