एमाले महाधिवेशन सुरक्षाका लागि ‘गोप्य’ स्वयंसेवक परिचालन गरिने, देखिने स्वयंसेवक ५ हजार (भिडियो)

चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ५ हजार स्वयंसेवक परिचालन गरिने भएको छ । एमालेका केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटी अन्तर्गत स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मंसिर १० गते उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी दिए । यस्तै मंसिर ११ र १२ गते चितवनको सौराहामा हुने महाधिवेशनको बन्द सत्रमा भने ५ सय स्वयंसेवक परिचालन गरिनेछ । बन्द सत्रमा पार्टीको नेतृत्व र महाधिवेशन प्रतिनिधि गरेर २२ सय हाराहारी मात्रैको उपस्थिति हुने भएकोले स्

सम्बन्धित सामग्री

एमाले महाधिवेशनमा २५ सय सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक परिचालन हुने

एमाले महाधिवेशन स्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् ।

एमाले महाधिवेशन : चितवनमा ‘मानव सागर’ उतार्ने, ५ हजार स्वयंसेवक परिचालन

नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औं राष्ट्रिय महाधिवेशनको अवसरमा चितवनमा ‘मानव सागर’ उतार्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले बिहीवार महाधिवेशन आयोजनास्थल नारायणी नदी किनारमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भव्यतापूर्वक महाधिवेशन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।  ‘महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारीको काम सम्पन्न भएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ,’ भट्टराईले भने । ...

एमाले महाधिवेशन : मञ्च निर्माणको काम ५० प्रतिशत सकियो  (फोटोफिचर)

कुलप्रसाद काफ्लेचितवनमा हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।उद्घाटन स्थलमा विशाल मञ्च निर्माण हुँदै छ । मञ्च निर्माणको काम ५० प्रतिशत सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेक

यसरी बन्दैछ एमाले महाधिवेशन उद्घाटनस्थल, स्टेज चार खण्डको हुने

चितवन । नेकपा (एमाले)को १० औं महाधिवेशन उद्घाटन हुने नारायणगढस्थित नारायणी नदी किनारमा मञ्च निर्माणको काम सुरु भएको छ । स्वयंसेवक परिचालन कमिटिका संयोजक तथा केन्द्रीय सदस्य विनोद श्रेष्ठले आजदेखि फिल्डको नक्सांकनको काम सुरु भएको बताए । ‘चौरका खाल्डाखुल्डी पुर्न सुरु गरेका छौँ, स्टेज बनाउन नापजाँच गरेका छौँ’ उनले भने, ‘१० गते मूल आयोजक कमिटीलाई […]