केएमसीमा आकस्मिक सेवा सहज बनाउन स्वयंसेवक परिचालन

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आकस्मिक कक्षमा आउने बिरामीले सजिलै उपचार पाउन भनेर आकस्मिक उपचार कक्षको सेवामा व्यापक सुधार गरेको छ। केएमसीले आकस्मिक कक्षमा थप सुधार गरेर उपचार छिटो, छरितो र प्रभावकारी बनाएको हो।बिरामी र कुरुवालाई सघाउन आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंसेवक’ को टोली नै परिचालन गरिएको छ। आकस्मिक उपचारका लागि आउने बिरामीलाई सजिलै आकस्मिक कक्षमा लैजान अस्पतालको मूलद्वारसामु ट्रली, ह्विलचेयर र स्ट्र