सल्यान : सल्यानको दार्माका भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन गरेका छन्।जिल्लामा क्रियाशील राजनीतिक दलहरू पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउने र अस्थायी घरटहरा निर्माणमा जुटेका हुन्।भग्नावशेष हटाउने, शौचालय बनाउने, खुला आकाशमुनि बसेकाहरूका लागि अस्थायी टहरा बनाउन जुटेको नेकपा माओवादी केन्द्र दार्मा गाउँकमिटी अध्यक्ष दुर्गा मल्लले जानकारी दिए।गाउँपालिकाबाट मात्र भूकम्प प्रभावित क्षेत्रमा ३ सय स्वयंसेवक परिचालन गरिएको उनले बत