सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ । ब्यारेजमा ५६ वटा ढोका छन् । साँझ ८ बजेको मापनअनुसार सप्तकोसीमा पानीको बहाव दुई लाख ३१ हजार तीन सय क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ ।पानीको बहाव बढेसँगै सप्तकोसी नदी आसपासका क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । सुनसरी र सप्तरी दुवैतर्फको प्रशासनले सप्तकोसीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । सप्तकोसीमा पछिल्लो समयमा बाढीको उच्च सम्भावनाको आङ्कल