काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।