हेटौंडा : उत्तरी मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा हिमपात भएको छ। यस क्षेत्रमा यस वर्ष तेस्रो पटक हिमपात भएको हो।बिहीवार रातिदेखि वर्षासँगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए। उनका अनुसार सडकमा एक फिटभन्दा हिउँ जमेको छ।अवरुद्ध सडक थाहा नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।