मकवानपुर – मकवानपुरको सिमभञ्ज्याङमा गत १४ पुसपछि बिहीबार राति पुनः हिमतपात भएको छ। बिहीबार रातिदेखि भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ। सिमभञ्ज्याङ क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारीसाधन रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।