१० माघ, हेटौंडा । थाहा नगरपालिकाको सिमभन्ज्याङमा बिहीवार दिउस परेको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । थाहा नगरपालिका वडा नम्बर–४ को पानोरमा रिसोर्टको मोड नजिकैबाट सिमभन्ज्याङतर्फको खण्डमा हिउँ जमेका कारण सडक अवरुद्ध रहेको स्थानीय होटल व्यवसायी अमित पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट स्कूल मोड नजिकैबाट सिमभन्ज्याङतर्फ […]