महालक्ष्मी  विकास बैंकसहित ६ ओटा  कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २८, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको साढे २ घण्टामा कारोबारमा आएका २१५ ओटा कम्पनी मध्ये ६ ओटा  कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, रु रु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा मूल्यमा सर्किट लागेको छ ।  ६ ओटा कम्पनीमध्ये यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ भने बाँकी कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । बजार बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  जीवन विकास लघुवित्तको शेयरमूल्य रू. २ हजार ४२५ दशमलव ५०, महालक्ष्मी विकास बैंकको रू. ६२३ दशमलव ७०, रु रु जलविद्युत् परियोजनाको रू. १ हजार ३३१, कामना सेवा विकास बैंकको रू. ७१२ दशमलव ८०, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको रू. ५७८ दशमलव ६० र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७७७ पुगेको हो ।  बिहीवार अधिकांश विकास बैंक कम्पनीहरुको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । सोही कारण उक्त समूहको परिसूचक ७ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।