साउन २१, काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बजार खुलेको साढे दुई घण्टाको अवधिमा चार ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नेपाल फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंक र जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । यी चार ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७२० दशमलव ५०, कर्णाली डेभलपमेण्ट बैंकको रू. ४४७ दशमलव ७०,जीवन विकास लघुवित्तको रू. १ हजार ५०६ दशमलव २० र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूूल्य रू. ४८२ दशमलव ७० पुगेको हो ।