अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिनियाँ समकक्षीलाई यदि बेइजिङले रुसलाई सहयोग गरे नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएको २ दिनपछि पनि ती नतिजा के हुन सक्लान् भन्ने विषय गोप्य नै छ । आफूहरुले चीन र चिनियाँ समकक्षीसँग मिडियाबाट नभई प्रत्यक्ष वार्तालाप गर्ने ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीले बताइसकेका छन् ।चीनको वरिष्ठ विदेश नीति अधिकारी याङ जिचीका अनुसार सोमबार रोममा भएको बैठकमा चीनले भोग्नुपर्ने विषयमा सुलिभान ठोस रुपमा प्रस्तुत भएको साकीले बताएका छन् । तर कुनै पनि सम्भाव