काठमाण्डाै - चीनका राष्ट्रपति सि जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो सोमवार वार्ता हुने भएको छ । भर्चुअल अर्थात भिडियोको माध्यमबाट उहाँहरुबीच वार्ता हुन लागेको चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन यिङलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
विकसित देशहरुको सङ्गठन जी सेभेनमा चीनको बढ्दो प्रभाव नियन्त्रणका बारेमा छलफल भएको र रुसका राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेको केही समयमा हुन लागेको जिनपिङ र पुटिनबीचको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।
चीन रुसलाई साथमा लिएर विश्व...