महानगरले अब कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने

पहिलो चरणमा वडा नम्बर २७ बाट सुरु, फोहोर उठाउन छुट्टै गाडीको व्यवस्था काठमाडौं महानगरपालिकाले मंगलबारदेखि स्रोतमै फोहोर वर्गीकरणको अभियान सुरु गरेको छ । यसका लागि महानगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न...

सम्बन्धित सामग्री

स्रोतमा फोहोर वर्गीकरण गर्न चुनौती

काठमाडौं । काठमाडौं महानगरको फोहोर स्रोतमै वर्गीकरण गर्न चुनौती हुँदै आएको छ । काठमाडौं महानगरपालिकाले स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने बताउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहोर व्यवस्थापन प्रभावकारी बनाउन महानगरले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहोर वर्गीकरणको काम थाले पनि  महानगरको ३२ ओटै वडामा उक्त किसिमले फोहोर वर्गीकरण हुन सकेको छैन । शुरूमा केही दिन नगरवासीले घरबाटै वर्गीकरण गरी ल्याउने गरे पनि अहिले सबै किसिमको फोहोर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ । महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहोर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ । ‘कुहिने फोहोर काठमाडौं उपत्यकामै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे महानगरले केन्द्र सरकारसँग छलफल गरिरहेको छ,’ श्रेष्ठले भने, ‘स्थान प्राप्त हुनेबित्तिकै स्रोतमै फोहोरको वर्गीकरण गरी प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ ।’ कुहिने फोहोरबाट यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा मल बनाउने काम शुरू हुन्छ । ‘यससँगै उपत्यकाका अन्य केही स्थान र काठमाडौं उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहोर अलग राखेर मल बनाउने काम शुरू गर्ने तयारी महानगरको छ,’ श्रेष्ठले भने । तत्कालका लागि स्थान अभावकै कारण यो काम प्रभावकारी हुन सकेको छैन । महानगरको कुल ३२ मध्ये भित्री ९ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना सबै वडामा लागू गरिएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिक टन फोहोर जान्छ । निजीक्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहोर ओसार्छन् । अन्तिम फोहोर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक १ हजारदेखि १ हजार २०० मेट्रिक टनसम्म फोहोर जाने गरेको छ । उपत्यकाका १८ पालिकाको फोहोर दैनिक रूपमा उक्त स्थानमा पुग्छ । शुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको हो । रासस

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

काठमाडौं, पुस ५ । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने […]

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर

काठमाडौं । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा […] The post फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुहिने फोहोर राख्न काठमाडौं महानगरले सहुलियतमा भाँडो उपलब्ध गराउने

बजारमा झन्डै चार हजार मूल्य पर्ने कम्पोस्ट बिन भाँडो महानगरले १५ सयमै उपलब्ध गराउने कुहिने र नकुहिने फोहोर व्यवस्थापनमा यसअघि असफल भएको काठमाडौं महानगरपालिकाले फोहोर छुट्याउने फरक तरिका अपनाएको छ । महानगरले...

महानगरले सकेन वर्गीकरण अनुसार फोहोरको व्यवस्थापन

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरकी सविता क्षेत्रीलेे १ साउनदेखि आफ्नो घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राखिन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि त्यसै अनुसार उनले फोहोर छुट्टाछुट्टै राखिन् । तर ७ साउनसम्म गाडी नआएपछि बाध्य भएर उनले छुट्याएर राखेको फोहोर पनि सडकमै लगेर फालिन् । कुहिने फोहोर सडकमै फाल्न बाध्य भएपनि […]

महानगरका कर्मचारीले कुहिने फोहोरलाई प्लास्टिकको झोलामा नहाल्न सुझाएपछि...

काठमाडौं । काठमाडौं महानगरले आज (आइतबार)देखि कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै उठाउन थालेको छ । आज कुहिने फोहोर उठाउने दिन । अधिकांशले प्लास्टिकमा पोको पारेको पाइयो ।  यस्तो देखेपछि वातावरण व्यवस्थापन विभागका कर्मचारीहरूले कुहिने फोहोर ल्याउँदा प्लास्टिकमा पोको नपार्न आग्रह गरे ।  कतिपयले कुहिने र नकुहिने फोहोर मिसाएरै ल्याए । यसरी...

कुहिने र नकुहिने फोहोर आजबाट छुट्टाछुट्टै दिन संकलन गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ । महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ ।  तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहयोग...