ब्याजदर नबढ्ने भएसँगै एकैदिन १०१ अंकले बढ्यो नेप्से, ४ अर्ब ८७ करोड रुपैयाँको शेयर खरीदविक्री

फागुन २९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १०१ दशलमव शून्य ७ अंक अर्थात् ३ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ६६७ दशमलव ९७ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको ९० लाख २२ हजार ९० कित्ता शेयर ६४ हजार ६३५ पटकमा रू. ४ अर्ब ७ करोड ७ लाख १५ हजार ३७ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल लिमिटेड र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  इर्जिङ्ग नेपाल र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि र बाँकी तीन कम्पनीको शेयरमूल्य १० प्रतिशका दरले वृद्धि भएसँगै सर्किट लागेको हो ।  त्यसैगरी, आइतवार मेगा म्युचुअल फण्ड १ को इकाई मूल्य २ दशमलव ९३ प्रतिशत घटेर प्रतिइकाई रू. ८ दशलमव ९३ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुनेमा शिवम् सिमेण्ट रहेको छ । कम्पनीको रू. ३४ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २५१ कायम भएको छ । त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको रू. ३० करोड १७ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो ।  आइतवार बजार जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ । उक्त समूहको परिसूचक सबैभन्दा बढी ६ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो । अधिकांश जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च दरले वृद्धि भएको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक ३ दशलमव २९ प्रतिशत, ब्यापार समूहको ४ दशलमव ३५ प्रतिशत, होटल एण्ड टुरिजम समूहको ५ दशमलव ३७ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव ७४ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव ४२ प्रतिशत, वित्त समूहको ५ दशलमव शून्य १ प्रतिशत, निर्जीवन बीमासमूहको ४ दशमलव ९८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको ५ दशलमव शून्य २ प्रतिशत, अन्य समूहको ३ दशमलव ८४ प्रतिशत, अन्य समूहको ३ दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ३२ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव १२ प्रतिशत र लगानी समूहको परिसूचक ४ दशलमव ४९ प्रतिशतका दरले वृद्धि भएको हो ।  नेपाल बैंकर्स संघले बैंकहरुसँग चैत महीनाका लागि ब्याजदर नबढाउने सहमति गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । पछिल्लो केही महीना ब्याजदर वृद्धिले गर्दा २ हजार ५०० विन्दुसम्म नेप्से आएको थियो ।  सोही कारण बजारमा कम्पनीहरुको शेयरमूल्य निकै सस्तिएकाले पनि खरीद चाप देखिएको हो । बजार घट्दा होस् या बढ्दा होस् लगानीकर्ताले आफ्नो लगानी रणनीति बनाएर कम्पनीहरुको शेयर खरीदविक्री गर्नुपर्ने हुन्छ ।  

सम्बन्धित सामग्री

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं, १३ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ अंमा रोकिएको हो । यसैगरी, आज २५ लाख ८९ हजार ९९७ कित्ता शेयर खरिद विक्रि हुँदा नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ […]

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य […]

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन […]

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से

काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीको १२ हजार ८०६ कित्ता शेयर रू। ६६ लाख ५९ हजारमा खरीदविक्री भएको हो । प्रिओपन […]

प्रि ओपनमा १.९२ अंकले बढ्यो नेप्से

काठमाडौं, १८ फागुन । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेको छ । ०.०७ प्रतिशतले बढेको नेप्से २६१२.५१ को विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर […]

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]